युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

२०७८ माघ १९ बुधबार १४:१८:०० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो ।

उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो । साथै युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तापछि उनीहरुद्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ ।

रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यसैकारणले बेलायत र अमेरिकाले आफ्ना दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् ।तर सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।

ताजा खबर