देउवा, प्रचण्ड र नेपालबीच एमसीसीबारे छलफल

२०७८ माघ १९ बुधबार १३:४७:०० मा प्रकाशित

काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार गएका हुन् ।

भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । भेटमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने तयारीमा जुटेका छन् । तर प्रचण्ड र नेपालले भने यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएका छन्। सोही विषयले सत्तारूढ गठबन्धनमा खटपटको स्थितिसमेत सिर्जना भएको छ ।

ताजा खबर