नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र विचौलिया

२०७८ माघ १९ बुधबार १३:२५:०० मा प्रकाशित

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट दिने अस्पताल सञ्चालक र विचौलिया पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका सञ्चालक र बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका–४ का २५ वर्षीय रोशन कुमार छिट्टान, धनुषाकै छिरेश्वर नगरपालिका–१ का २५ वर्षीय नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल गाउँपालिका ५ का २९ वर्षीय माधव मैनाली, सर्लाही बलरा नगरपालिका ७ का २४ वर्षीय नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा छन् ।

यी अस्पतालले पीसीआर रिपोर्ट दिँदा बढी शुल्क लिएको पाइएको छ । कोरोना पोजेटिभलाई पनि नेगेटिभ रिपोर्ट दिएको पाइएको अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन् । नागरिक कम्युनिटी टिचिङ हस्पिटलको कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई उक्त अस्तालबाट जारी भएका ८ थान नक्कली पीसीआर रिपोर्टसहित विमानस्थल अगाडिबाट पक्राउ गरिएको हो ।

त्यही अस्पतालका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुले पीसीआर गर्दा र नक्कली रिपोर्ट बनाउँदा १० हजार रुपैयाँसम्म असुलेको भेटिएको छ । प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ ।

ताजा खबर