निगमद्वारा पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बृद्धि

२०७८ माघ १८ मंगलबार २१:०५:०० मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । मंगलबार मध्यरातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बृद्धि गरेको हो ।

समायोजित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १२५ रुपैयाँ कायम भएको । त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले बृद्धि गरेर एक हजार ९५ कायम भएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

ताजा खबर