नाइजेरियामा बोको हरामले अपहरण गरेका ३२ जना मुक्त

२०७८ माघ १८ मंगलबार १२:५४:०० मा प्रकाशित

नाइजेरियाको आतंककारी समूह बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको प्रहरीले जनाएको छ । नाइजेरियाली प्रहरीले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार नाइजेरियाको विशेष गरी जामफारा राज्यबाट अधिकांश अपहरित व्यक्तिहरु मुक्त भएका हुन् ।

उनीहरु अपहरण परेको उजुरीपछि प्रहरीले उनीहरुको खोजीका लागि विशेष सुरक्षा दस्ता लगाएको र अपहरणमुक्त गराएको नाइजेरियाली प्रहरीले जानकारी दिएको हो ।

खोजीका क्रममा उनीहरुलाई गएको बुधबारदेखि आइतबारसम्ममा मुक्त गराइएको जानकारी दिइएको छ । नाइजेरियामा त्यहाँका बोको हराम आतंककारीहरुले धेरैजसो विद्यार्थी र शिक्षक तथा कहिलेकाहीँ सर्वसाधारण नागरिकलाई अपहरण गरी बेपत्ता बनाउने गरेका छन् ।

ताजा खबर