निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुद्वारा पुल्चोकमा प्रदर्शन

२०७८ माघ १८ मंगलबार ११:३७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले समयमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै पुल्चोकस्थित मन्त्री क्वाटर अगाडि प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले मंगलबार बिहान पुल्चोकस्थित मन्त्री क्वाटर अगाडि प्रदर्शन गरेको हो । अनेरास्ववियुका विद्यार्थीले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ लगायतका नारा लगाउँदै मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

मिति घोषणा नगरेको भन्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।

मंगलबार प्रतिकात्मक रुपमा प्रतिगामी सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियुकी अध्यक्ष सुनीता बरालले जानकारी दिइन्। उनका अनुसार माघ १९ गते संघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानूनविद्हरुको उपस्थितिमा सडक बहस गर्ने कार्यसूची छ ।

ताजा खबर