चन्द्रागिरी हिल्सको भिडियो सार्वजनिक

२०७४ असार ८ बिहीबार १२:२५:०० मा प्रकाशित

काठमाडौं, ८ असार । चन्द्रागिरी हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथसाथै दीपकराज गिरी र दीपा श्री निरौलाको अभिनय रहेको छ । यो प्रवद्र्धनात्मक भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेका छन् ।  बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री चन्द्रागिरीमा आयोजित एक औपचारिक समारोहकावीच चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । 

प्रवद्र्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्यातीप्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए ।  कम्पनीका संचालक मिन बहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो । संचालक हेमराज ढकालले कुल ग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पु¥याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफुहरुले अभिनय गर्न पाउदा खुशी लागेको बताए ।  कलाकारद्घय दिपकराज गिरी र दिपाश्री निरौलाले चन्द्रगिरी हिल्सको स्थापनाले चन्द्रागिरीको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताए । 

ताजा खबर