५,२९२ जनामा कोरोना संक्रमण, ८,१९१ जना संक्रमणमुक्त

२०७८ माघ १७ सोमबार १७:१८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९५३९१३ पुगेको छ । त्यस्तै ८१९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८६२८९८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७४३ पुगेको छ । क्वारेन्टाइनमा १४१ जना छन् भने आइसोलेसनमा ७९२७२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर