जिशु कोइरालाको ‘तिमीलाई मेरो आफ्नो बन्न’

२०७८ माघ १७ सोमबार १३:०८:०० मा प्रकाशित

काठमाडौं । मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ ।

सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत रहेको छ । नारायण दङ्गालले यस गीतलाई सङ्गीत संयोजन गरेका छन् । प्रेमिल शैलीको गीतमा नायक पुष्प खड्का र मोडल कोइरालाले अभिनय गरेकी छन् ।

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो । भिडियो कोइरालाको अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

ताजा खबर