एकीकृत समाजवादीका नेता थापाको निधन

२०७८ माघ १७ सोमबार ११:५५:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षको उमेरमा गएराति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए । संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

ताजा खबर