हराएको २४ लाख डोज खोप खोज्न समिति गठन

२०७८ माघ १६ आइतबार २२:१३:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको भन्दै त्यसको विवरण खोज्न समिति गठन गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् ।

छानबिन समितिमा डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छन् । २४ लाख डोज खोप हराएको विषयलाई लिएर विपक्षी र जनस्तरबाट आवाज उठ्दै आएको छ ।

ताजा खबर