३,५४० जनामा कोरोना संक्रमण

२०७८ माघ १६ आइतबार १६:४०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९१० जनाको पीसीआर परीक्षण गर्दा ३०४९ र ३२३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चार दिनमा कोभिडका कारण ३२ जनाको मृत्यु भएको जनाएको छ।

ताजा खबर