आइतबारका लागि बोलाइयो प्रतिनिधिसभाको बैठक

२०७८ माघ १५ शनिबार १७:३३:०० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जली, थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने रहेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो । यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो ।

 

ताजा खबर