४,९०४ जनामा कोरोना संक्रमण, ५९२४ जना संक्रमणमुक्त

२०७८ माघ १५ शनिबार १६:५७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९४७३९२ पुगेको छ । त्यस्तै ५९२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४८३४८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७०३ पुगेको छ । क्वारेन्टाइनमा १३९ जना छन् भने आइसोलेसनमा ८७३४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर