गठबन्धनको बैठक निष्कर्षविहीन, आज अपरान्ह फेरि बस्‍ने

२०७८ माघ १५ शनिबार ११:४६:०० मा प्रकाशित

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक आजै अपरान्ह चार बजे फेरि बस्ने गरी सकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे बस्ने बैठक गरी अहिलेको बैठक टुंगिएको जानकारी दिएका छन् । बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ।

स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारूढ दलहरुबीच छलफल चलेको छ भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ । स्थानीय निर्वाचनबारे सत्तारूढ गठबन्धनभित्रै फरक मत रहेको छ ।

 

ताजा खबर