कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

२०७८ माघ १४ शुक्रबार १६:३७:०० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवादेखि पदाधिकारीहरु पदेन सदस्य रहन्छन् ।

जसमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहेका छन् । त्यसैगरी कार्यसम्पादन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाँण पनि समेटिएका छन्।

त्यस्तै आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल, एनपी साउद, डा प्रकाशशरण महत, विजय गच्छदार, डा. शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, अजुर्ननरसिंह केसी र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समितिमा समेटिएका छन् । केन्द्रीय सदस्यहरूबाट शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीपछिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी, सुजाता कोइराला, आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्यमा चयन भएको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए ।

बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको हो।

ताजा खबर