कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिकको मृत्यु

२०७८ माघ १४ शुक्रबार १२:३५:०० मा प्रकाशित

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ सैनिक मारिएका छन् । यहाँको मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।

त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा उक्त विद्रोही समूह तर्फ पनि केही हताहत भएको अनुमान गरिएको छ । यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।

ताजा खबर