युक्रेनमाथि आक्रमण गरे रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

२०७८ माघ १४ शुक्रबार ०९:१५:०० मा प्रकाशित

अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ । बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो ।

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गरेको छ । रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ । तर उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएपछि तनाव चुलिएको छ र त्यसले आक्रमणको भय बढाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेमा नोर्ड स्ट्रिम टु अघि नबढ्ने बताए । तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरेका छन् । विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए । उक्त १२ सय २५ किलोमिटर पाइपलाइन निर्माण गर्न पाँच वर्ष लागेको थियो ।

त्यसलाई बनाउन ११ अर्ब डलर भन्दा बढी खर्च लागेको थियो । उक्त इन्धन परियोजना बालटिक समुद्र मुन्तिरबाट अघि बढ्छ र त्यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ । गत नोभेम्बरमा नियामक निकायले उक्त परियोजना जर्मनीको नियम अनुसार नरहेको भन्दै त्यसको अनुमतिलाई स्थगन गरिदिएपछि हालसम्म उक्त परियोजना सञ्चालनमा आइसेको छैन ।

ताजा खबर