दक्षिण अफ्रिकामा आँधीबाट ७० जनाको मृत्यु

२०७८ माघ १३ बिहीबार २३:०९:०० मा प्रकाशित

दक्षिण अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ७० पुगेको छ । मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो । तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ । जिम्बाबेमा आएको आँधीका प्रभावहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन ।

ताजा खबर