८०१७ जनामा कोरोना संक्रमण, ५२९२ जना संक्रमणमुक्त

२०७८ माघ १३ बिहीबार १६:२५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९३९२६७ पुगेको छ । त्यस्तै ५२९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८३७००४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६८७ पुगेको छ । क्वारेन्टाइनमा १४९ जना छन् भने आइसोलेसनमा ९०५७६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर