सामूहिक बलात्कार घटनाका नौ आरोपी पुर्पक्षका लागि थुनामा

२०७८ माघ १२ बुधबार २२:२३:०० मा प्रकाशित

काठमाडौं । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३÷३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

ताजा खबर