युक्रेनमा हमला भए अमेरिकाले पुटिनमाथि नै प्रतिबन्ध लगाउने

२०७८ माघ १२ बुधबार ०९:२०:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताएका छन् ।

पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो । रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्याउँदै आएको छ।

बाइडनले यदि रुसले आफ्नो दक्षिण–पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि असाधारण परिणाम निम्त्याउनसक्ने बताएका छन् । रुसले चाहिँ युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको आरोप लगाएको छ ।

यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ। त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ छन् । बाइडनले त्यस्तो अवस्थाले पूर्वी युरोपमा नेटोको उपस्थितिलाई बलियो बनाउन आफू बाध्य भएको महसुस गराउनसक्ने पनि बताए।


 

ताजा खबर