१२,००८ जनामा कोरोना संक्रमण, ३,०४० जना संक्रमणमुक्त

२०७८ माघ ११ मंगलबार १७:०३:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १२,००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२,००८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९२७८८० पुगेको छ । त्यस्तै ३,०४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८२७२७९ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६६७ पुगेको छ । क्वारेन्टाइनमा १६५ जना छन् भने आइसोलेसनमा ८८९३४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर