बुर्किना फासोका राष्ट्रपति अपदस्थ
२०७८ माघ ११ मंगलबार १२:२०:००
मा प्रकाशित
![](https://archive.saralpatrika.com/uploads/news/images/burkina-faso-president-crish2022-01-25-12-24-48.jpeg)
बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय सभा विघटन गरेको छ । सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् । यसैबीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत् राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो ।