नेप्सेमा १०.८३ अङ्कको गिरावट

२०७८ माघ ९ आइतबार १७:२७:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने झन्डै ११ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से १०.८३ अङ्कले ओरालो लागेर दुई हजार ९२०.५१ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अङ्कले बढेर ५४३.८० मा सीमित भएको छ । कुल २३२ कम्पनीको एक करोड ४७ लाख चार हजार २७७ कित्ता शेयर रु सात अर्ब तीन करोड पाँच लाख आठ हजार २६३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, कारोबार भएका कुल १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर भने उकालो लागेको छ । नेप्सेका अनुसार, बैंकिङ १६.६७, व्यापार ४६.१७, होटेल तथा पर्यटन ५१.९६, विकास बैंक ७३.४२, जलविद्युत् ४२.७५, वित्त ७२.९, लघुवित्त १०.९५ र लगानी १.०९ अङ्कले ओरालो लागेको छ ।

यस्तै, निर्जीवन बीमा ३०.७, उत्पादन १६.२६, अन्य ३७.३४, जीवन बीमा २२९.९६ र सामूहिक लगानी कोष ०.०९ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार, आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ४१ खर्ब २७ अर्ब २३ करोड ३२ लाख दुई हजार ४५८ बराबर पुगेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड १४ लाख ५३ हजार ४२८ बराबरको कारोबार भएको छ । यस्तै, अपी पावर कम्पनी रु १९ करोड एक लाख ७८ हजार ८८१, एनआइसी एसिया बैंक १७ करोड ५२ लाख ६३ हजार १९६, शिखर इन्सुरेन्स १७ करोड ४७ लाख ७६ हजार ३३६ र ग्लोबल आइएमई बैंक १६ करोड ९६ लाख नौ हजार ७९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार, बिन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९८, मैलुङ खोला जलविद्युत् कम्पनी ९.७३, ग्लोबल आइएमई बैंक ६.७४ र ज्योति लाइफ इन्सुरेन्सका लगानीकर्ताले ६.६९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सामलिङ पावर कम्पनी ६.६९, गुर्खाज फाइनान्स ५.५२, वेष्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११ र साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाएका छन् ।

ताजा खबर