६,४६२ जनालाई कोरोना संक्रमण, ४ को मृत्यु

२०७८ माघ ९ आइतबार १६:२९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३७९१ जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै १४१६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा १४९ जना रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लाबाट ल्याइएका ३२ वटा नमूनामा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । यसबाट ८८ प्रतिशतलाई ओमिक्रोन संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

ताजा खबर