कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको वैवाहिक कार्यक्रम रद्द

२०७८ माघ ९ आइतबार १३:५८:०० मा प्रकाशित

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो वैवाहिक कार्यक्रम रद्द गरेको जानकारी दिएकी छन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार विवाह कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी छन् ।

विवाह, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रममा मानिसको ठूलो भीड हुने भएकाले हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न उनले सुझाव दिएकी छन् । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

ताजा खबर