चीनद्वारा नेपाललाई २० लाख सिरिन्ज प्रदान

२०७८ माघ ८ शनिबार २०:२७:०० मा प्रकाशित

काठमाडौं । चीनले नेपाललाई अनुदानमा २० लाख सिरिन्ज उपलब्ध गराएको छ । चीनले दिएको २० लाख सिरिन्ज शनिबार नेपाल आइपुगेको हो । नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको जनाएको छ ।

महामारीविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्ने र आर्थिक पुनरुत्थानलाई साकार पार्न चीनले नेपालसँग निकट समन्वय कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।

ताजा खबर