एमसीसीबारे सुझाव दिन माओवादीद्वारा कार्यदल गठन

२०७८ माघ ८ शनिबार १३:१२:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए ।

महराले बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरुको रायअनुसार कानूनविद्हरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

ताजा खबर