आहा रारा गोल्डकपमा पुलिस क्वार्टर फाइनलमा

२०७८ माघ ७ शुक्रबार २१:४०:०० मा प्रकाशित

पोखरा । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।

ताजा खबर