यमनी जेलमा भएको हवाई आक्रमणमा एकसय भन्दा बढीको मृत्यु

२०७८ माघ ७ शुक्रबार २०:३०:०० मा प्रकाशित

यमनी जेलमा भएको हवाई हमलामा एकसय भन्दा बढीको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका छन् । रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाइ आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन् ।

यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएकाले मृतक सङ्ख्या थप बढ्न सक्ने जानकारी दिएका छन् ।

घाइते तथा मृतकको सङ्ख्या प्रारम्भिक सूचनामा जनाइएभन्दा निकै धेरै हुनसक्ने घटनास्थलबाट सामाजिक सञ्जालमा सम्प्रेषित तस्बीरहरूबाट अनुमान गर्न सकिने उनले बताए । इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीहरूले जारी गरेको तस्बीरमा उद्धारकर्मीहरूले ध्वस्त भएका जेल भवनहरूबाट क्षतविक्षत मृत शरीरहरू तानेर थुपार्दै गरेका भयानक दृश्यहरू देखिएका छन् ।

ताजा खबर