कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

२०७८ माघ ७ शुक्रबार १४:१९:०० मा प्रकाशित

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएका छन् ।

करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उदृत गर्दै जनाएको छ । विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।

ताजा खबर