प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७८ माघ ७ शुक्रबार ११:२०:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूलाई लिएर सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

ताजा खबर