अस्ट्रियामा अनिवार्य खोपको व्यवस्था संसद्बाट पारित

२०७८ माघ ७ शुक्रबार ०८:४२:०० मा प्रकाशित

अस्ट्रियामा सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र बनेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १ देखि कार्यान्वयनमा आउनेछ ।

त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनै पर्छ । तर ती कदम अब औपचारिकता मात्र हुने बताइएको छ । नयाँ कानुनका अनुसार मध्य मार्चबाट कोभिडविरूद्ध खोप नलगाउनेहरूले ३ हजार ६ सय युरोसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । खोपसम्बन्धी त्यस्तो आदेश सन् २०२४ को जनवरीसम्म लागु हुनेछ ।

सरकारले खोप नलगाएका मानिसहरू त्यसका लागि अगाडि आउन् भनेर प्रोत्साहन गर्नका लागि १.४ अर्ब युरो लगानी गर्दैछ । उक्त प्रस्तावलाई तल्लो सदनमा १३७ जनाले पारित गरेका थिए। विपक्षमा ३३ सांसद उभिएका थिए ।

उग्र दक्षिणपन्थी फ्रिडम पार्टी अस्ट्रियामा खोपविरोधी अल्पसङ्ख्यक खेमामा नेतृत्व गरिरहेको छ जो यस व्यवस्थाको विरूद्धमा उभिएको छ ।

ताजा खबर