१२,३३८ जनामा कोरोना संक्रमण

२०७८ माघ ६ बिहीबार १७:३६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १२३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२३३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८८७७६९ पुगेको छ । त्यस्तै ६४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१८८०९ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६३२ पुगेको छ । क्वारेन्टाइनमा १२५ जना छन् भने आइसोलेसनमा ५७३२८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर