'२४ लाख डोज खोप गायब भएको विषय छानबिन गर्न सरकार किन मौन ?'

२०७८ माघ ६ बिहीबार १२:०९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कोभिडविरुद्धको २४ लाख डोज खोप गायब भएको विषय छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत रावलले यस्तो गम्भीर विषयमा सरकार छानबिन गर्न तयार नभएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘देशमा कोरोना विषाणुको संक्रमण फेरि बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गरेका छन् । यस्तो गम्भीर विषयमा छानबिन गर्न सरकार किन तयार हुँदैन ? कानून, जिम्मेवारी र नैतिकता कहाँ हरायो ?’

मंगलबारको संसदीय समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीले २० देखि २४ लाख डोज खोपको रेकर्ड नभएको बताएका थिए ।

त्यस्तै रावलले देशको हित, स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरु नै समस्याको जड भएको बताएका छन् ।

उनले भनेका छन्, ‘शक्ति र सत्ताको स्रोत जनता भएको तथ्यप्रति आँखा चिम्ली विदेशी शक्तिलाई रिझाउन तँछाडमछाड गर्ने,देशको हित,स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरू नै समस्याका जड हुन्।राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने सद् बुद्धि पलाओस् !’

 

शक्ति र सत्ताको स्रोत जनता भएको तथ्यप्रति आँखा चिम्ली विदेशी शक्तिलाई रिझाउन तँछाडमछाड गर्ने,देशको हित,स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरू नै समस्याका जड हुन्।राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने सद् बुद्धि पलाओस्!

— Dr. Bhim Rawal (@BhimRawal179) January 20, 2022

 

ताजा खबर