११,३५२ जनामा कोरोना संक्रमण

२०७८ माघ ५ बुधबार १६:२२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६३४३ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै सोही समयमा थप चार जनाको मृत्यु भएको छ । आइसोलेनमा ४७,९२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यसैगरी सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

ताजा खबर