एपिएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

२०७८ माघ ५ बुधबार १३:४४:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीकप टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनलमा एपिएफले नेपाल पुलिसलाई २१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस समक्ष एपिएफले १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर पुलिसल पुरै ओभर खेल्दै ७ विकेट गुमाएर १३६ रनमा समेटिएपछि एपिएफले उपाधि जित्यो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले ५४ बलमा ६५ रन बनाएपनि जितका लागि पर्याप्त भएन। उनलाई कुनैपनि ब्याटरले गतिलो साथ दिन सकेनन्।

पुलिसका लागि थप दोहोरो स्कोरका रुपमा आरिफ शेखले २३ रन बनाउँदा अनिल शाहले १० रन बनाए। पुलिसका लागि किशोर महतोले ३ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले पुलिस विरुद्ध १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । पावर प्लेमा अपेक्षित रन बनाएपनि एपिएफले विकेट जोगाउन भने सकेन ।

एपिएफका लागि ओपनिङ जोडी प्रदीप ऐरी र आसिफ शेख दोहोरो रनको स्कोर नबनाइ बाहिरिंदा सेमिफाइनलका नायक लोकेश बम १५ बलमा २७ रन बनाएर आउट भए । यस्तै सन्दीप जोराले २४ रन जोड्दा कप्तान सरद भेषवाकर १९ रनमा आउट भए।

यद्धपि एपिएफलाई नवौं नम्बरमा ब्याटिङका लागि आएका अमर सिंह रौटेलाले भुवन कार्कीसँग ८ औ विकेटका लागि ४२ रनको साझेदारी गर्दै टीमलाई मध्यम स्कोरमा पुर्याए । प्रतियोगिताको समूहचरणबाटै अपराजित रहेको एपिएफले जितसँगै ५ लाख प्राप्त गर्दा उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गर्नेछ ।

ताजा खबर