रचना रिमालको 'भतभती पोल्छ’

२०७८ माघ ५ बुधबार १२:५७:०० मा प्रकाशित

काठमाडौं । सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।

यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको गीतमा शब्द छ । दीप घतानीले सङ्गीतवद्ध गरेको गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका छन् ।

भिडियोमा पल शाह र प्रियाना आचार्यको जीवन्त अभिनय हेर्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो ।

भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत् सार्वजनिक गरिएको हो । कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्ने सन्देशका साथ म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले जानकारी दिए ।

ताजा खबर