अष्ट्रेलियामा कोरोना संक्रमणबाट एकैदिन ७४ जनाको मृत्यु

२०७८ माघ ४ मंगलबार १३:०९:०० मा प्रकाशित

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको छ । अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकैदिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मको सबैभन्दा धेरै हो ।

मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ । त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् । यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन् । न्यु साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ ।

त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।


 

ताजा खबर