बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड

२०७८ माघ ४ मंगलबार ०८:४६:०० मा प्रकाशित

काठमाडौं । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै ३३ वर्षीय लेवान्डोस्कीले लगातार दोस्रो बेष्ट अवार्ड जितेका हुन् ।

उनले सन् २०२० मा पनि यो उपाधि जितेका थिए । अवार्ड जितेपछि उनले यसबाट आफूलाई गर्वको महसुस भएको बताएका छन् । यसैगरी म्यानचेष्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड जितेका छन् ।

बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् ।चेल्सीका इडुवार्डो मेन्डीले बेस्ट गोलकिपरको अवार्ड जित्दा डेनमार्कको राष्ट्रिय फुटबल टोलीले उत्कृष्ट टिमको अवार्ड जित्यो । उत्कृष्ट गोल गरेबापत पाउने पुस्कास अवार्ड सेभियाका एरिक लामेलाले हात पारे ।

ताजा खबर