२५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

२०७८ माघ ३ सोमबार १७:३२:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रमहरू स्थगित गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । सोमबार आन्तरिक सर्कुलर जारी गरी एमालेले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

यसका साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्नसमेत एमालेले निर्देशन दिएको छ ।

ताजा खबर