थप ६७३४ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

२०७८ माघ ३ सोमबार १६:१५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८५९४८५ पुगेको छ । त्यस्तै ५४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१६९८५ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६२३ पुगेको छ । क्वारेन्टाइनमा एक सय जना छन् भने आइसोलेसनमा ३०८७७ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर