स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण

२०७८ माघ ३ सोमबार १३:२१:०० मा प्रकाशित

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

सोमबार तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गरी संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं ।’

 

ताजा खबर