चीनले सिरियालाई पठायो ४ हजार टन चामल

२०७८ माघ ३ सोमबार १२:३६:०० मा प्रकाशित

चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको चामल आइतबार सिरियाले प्राप्त गरेको छ । सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ ।

पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा चामल प्रदान गरिएको थियो । आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई चामल हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिएका छन् । उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए । त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए ।

ताजा खबर