भारतमा दुई लाख ५८ हजारमा कोरोना संक्रमण

२०७८ माघ ३ सोमबार १२:०८:०० मा प्रकाशित

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ५८ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा ७ हजार ७४३ जनामा ओमिक्रोन पुष्टि भएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् ।

ताजा खबर