ज्वालामुखी विस्फोटपछि जापानमा सुनामीको चेतावनी

२०७८ माघ २ आइतबार १२:२३:०० मा प्रकाशित

जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुक्त सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो । दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो ।

त्यहाँ सुनामी आउन सक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । जापानको पूर्वी समद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ । जापानको दक्षिणपश्चिमी सामुद्री किनाराहरुमा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ ।

ताजा खबर