अमेरिकाको रासायनिक कारखानामा आगलागी

२०७८ माघ १ शनिबार १३:१३:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा भीषण आगलागी भएको छ । फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो। पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।

“हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ,“ लोराले भने । लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ।

ताजा खबर