माघ दुई गतेदेखि बुस्टर डोज लगाइने

२०७८ पौष ३० शुक्रबार २२:३८:०० मा प्रकाशित

काठमाडौँ । माघ दुई गतेदेखि स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा कार्यरतहरूले बुस्टर डोज पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले अग्रपंक्तिमा काम गर्नेहरूले बुस्टर डोज पाउने भएका हुन् ।

सरकारले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटा स्वास्थ्य कार्यालयलाई आवश्यक बुस्टर डोज उपलब्ध गराउन निर्देशन दिएको छ । दोस्रो सातादेखि ६० वर्ष माथिकालाई कोभिडविरुद्ध खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो पटक खोप लगाएको ६ महिना कटेका नागरिकलाई पनि लगाइदिने भएको छ ।

 

ताजा खबर