कोभिड संक्रमण बढेपनि दिल्लीका १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना

२०७८ पौष ३० शुक्रबार २०:१५:०० मा प्रकाशित

भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन् । अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन् ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिए । उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरे ।

सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए । त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए ।

दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ । खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए ।

ताजा खबर